ताइवान नजिक चीनको सैन्य अभ्यास जारी

काठमाडौँ । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब छ स्थानमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यस क्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ । पछिल्लो समय सयभन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतले ताइवान वरपर लाइभ फायर सैन्य अभ्यास गरिरहेका छन् ।
योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाज विभिन्न किसिमका युद्ध कलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानहरूले चीन र ताइवान बीचको सीमा रेखा जस्तो प्रतित हुने मध्य रेखा पनि पार गरेका छन् ।
चीनले ताइवानलाई विदेशी सरकारसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ । तर, साभामुख पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ ।
यसैबीच संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जापानलगायत धेरै देशले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । उनीहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थायित्व कायम गर्न आफ्नो प्रतिबद्धता समेत दोहोर्याएका छन् ।
















जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया