फोनिजले तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले संगठनका तीन जना पूर्व अध्यक्षलाई अभिनन्दन गर्ने भएको छ ।
फोनिजको संगठनात्मक जीवनमा अतुलनिय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागिएको फोनिजका महासचिव मिलन लिम्बुले जानकारी दिए ।
फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३ औँ स्थापना दिवसको आवसरमा अभिनन्दन गर्ने निर्णय गरेको महासचिव लिम्बूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थापना दिवसको अवसरमा आगामी साउन २७ गते काठमडाौंमा आयोजित विषेश समहारोमार्फत उनीहरुलाई अभिनन्दन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट गोपाल देवान सुनसरी, अनिता गुरुङ काठमाडौं, राजु चौधरी चितवन र अप्सरा समाल उदयपुर लाई पुरस्कृत गर्ने पनि लिम्बुले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।
त्यस्तै, फोनिज मातृभाषा पत्रकारिता सम्मान २०७९ बाट बुङ्वाखा मासिक काठमाडौंलाई पुरस्कृत गर्ने निर्णय फोनिजको छ । पुरस्कार तथा सम्मान छनोट गर्न फोनिजले निर्वतमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा सल्लाहकारहरु आङदावा शेर्पा र मनोज घर्तीमगर सदस्य रहेको समिति बनाएको थियो ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया