झलनाथको राष्ट्रपति बन्ने चाहनामा कसको अवरोध ?

काठमाडौँ । तत्कालीन नेकपा एमालेमा हुँदा राष्ट्रपति बन्ने चाहाना राखेको नेकपा एस पार्टीका सम्मानित नेता झलनाथ खनालले राजनीतिको अन्तिम बिन्दुलाई यसपटक पनि पछ्याउने संकेत गरेका छन् । उनले इलामबाट प्रत्यक्ष निर्वाचनमा भाग लिने वा आफूलाई राष्ट्रपति सुरक्षित हुने अवस्था आए निर्वाचनमा भाग नलिइ बस्ने भन्ने संकेत गरेका हुन् ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गगन थापालगायतका नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री बन्ने रहरका साथ विभिन्न पदमा बार्गेनिङ चलिरहेका बेला एस पार्टीसहित पाँच दलीय गठनबन्ध भए पनि खनाललाई राष्ट्रपति दिने सम्भावना कमजोर देखिएको छ । यस्तो बेलामा खनालले पुनः राष्ट्रपतिमा इच्छा राखेका हुन् ।
‘उहाँमा एकपटक राष्ट्रपति भएर राजनीति छाड्ने चाहना देखियो’, एस पार्टीका एक केन्द्रीय नेताले भने । उनका अनुसार केही दिनअघि खनाल निकट रहेका नेताहरू डल्लुमा भेटघाटका लागि पुगेका थिए । सो क्रममा एस पार्टीले राष्ट्रपतिको प्रस्ताव राख्नु पर्ने बताएका थिए । ‘सिट बाँडफाँडसँगै आउँदो सरकारमा पदको पनि भागबण्डा गर्नु पर्छ’, उनको भनाई उद्धृत गर्दै ती नेताले भने ।
यतिबेला एमाले नेताहरूले झलनाथसँग एकता वार्ता गरेको कुराले बजारमा हल्ला चलिरहेको बेला राष्ट्रपतिको कुरा पनि आएको छ । डल्लुमा भेटघाट हुँदा सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट भेट्न आएको स्वीकारेका थिए ।
‘उहाँले केही दिनअघि डल्लुस्थित निवासमा सुनाए, उनीहरूले आफ्नो कुरा भने, मैले मेरै कुरा सुनाएँ, चिया पिएर गए,’ ती नेताले भने । स्रोतका अनुसार अहिले पाण्डे र विष्ट नियमित सम्पर्कमा रहेका छन् । उनीहरुले सकेसम्म एमालेमा आउन प्रस्ताव गरिरहेका छन् ।
सरकारले आगामी मंसिर ४ गते निर्वाचनको मिति तोकेसँगै निर्वाचनपछि उचित स्थान दिने विषयमा कुराकानी भएको स्रोतको दाबी छ । यही सन्दर्भमा खनाल र प्रधानमन्त्री देउवाबीच पनि भेटघाट भएको थियो । उक्त भेटघाटमा खनालले २०७४ सालको निर्वाचन र स्थानीय तहको आधारमा सिट बाँडफाँड गर्न प्रस्ताव गरेका छन् ।
‘खनालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा मुख्य गरी दुईवटा आधारमा गर्नु पर्ने प्रस्ताव गरेका छन्’, स्रोतले भन्यो । सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर गृहकार्य सुरु गरेका बेला नेता खनालले प्रधानमन्त्री देउवासमक्ष यस्तो प्रस्ताव अघि सारेर आफ्नो भूमिका खोजेका हुन् ।
‘अघिल्लोपटक अवरोध भएको राष्ट्रपति पदलाई यसपटक सुनिश्चित गर्न चाहन्छन्, त्यसैले उनले एमालेका नेताहरूसँग पनि यही आशयको कुराकानी गरिरहेको र कांग्रेससँग पनि बेग्लै छलफल गरिरहेका छन्’, स्रोतले भन्यो ।

















युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया