कोरोना उपचार गर्न लगिएको कैदी फरार
मेरोन्यूज
२०७९ साउन २६ गते १४:२०
काठमाडौँ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उपचार गर्न भर्ना भएका कैदी फरार भएका छन् । बुधबार राति विराटनगर महानगर १८ का ४५ वर्षीय लक्ष्मण दास फरार भएका हुन् ।
बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने भन्दै राति १० बजे फरार भएको अस्पतालले जनाएको छ । लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएपछि उनलाई कारागारमा राखिएको थियो ।
कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको खोजी भइरहेको छ ।
सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया