विवादित पाँडे एन्फा अध्यक्षको प्रमुख सल्लाहकार
मेरोन्यूज
२०७९ साउन २६ गते १९:४९
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्य समिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्य समिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजविक्रम नेम्बाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।
यस्तै, एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईलाई नियुक्त गरेको हो ।
एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन् भने मानार्थ अध्यक्षमा पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ ।
सम्बन्धित
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया