इण्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ
काठमाडौँ । इण्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके)ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ ।
पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो । केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरूलाई दिएको जानकारीअनुसार उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्वन्धी अरु प्रमाणहरु जुटाउदै गरेको पनि फिक्रिले जानकारी दिए । “धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उनले भने । पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताए ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया