ठेचोको १२ वर्षे नवदुर्गा भवानी देवी नाच सुरू : भोजभतेर, विवाह, व्रतबन्ध निषेध

ललितपुर । गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानी देवी नाच सुरू भएको छ । १२ वर्षमा एक पटक मनाइने नाच करिब वर्षभरि नै चल्छ ।
१० साउन गठेमंगलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा/नाच प्रारम्भ भएको मानिन्छ । जात्राको क्रममा मन्दिरमा ताल्चा १२ वर्षे एक पटक मात्र लगाइन्छ । अन्य वर्षहरूमा तीन सय ६५ दिनै खुल्ला राख्ने परम्परा छ । यसरी लगाएको ताल्चा अब यही ९ भदाै जुगचह्रे तिथिमा पूजाआजा गरी खोलिन्छ ।
जात्रा सुरू भएसँगै ठेचो बस्तीमा भोजभतेर, विवाह, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्टा बजाउन पाइदैन । नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखः नामक नाच सम्पन्न नभएसम्म लागु हुन्छ । धुःखः नाच फागुन चैततिर हुन्छ ।
नवदुर्गा नाचमा १३ देवगण छन् । भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रम्हायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिघिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव । नवदुर्गा गुठीमा ३४ जना गुठियार छन् । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । देवगणहरुको तान्त्रिक र यान्त्रिकतवरबाट छुट्टाछुट्टै नृत्य गर्नेगर्छ । इन्द्रायणी देवीको भने नृत्य गराइदैन । श्वेतभैरव १२ वर्षमा एक पटक मात्र नृत्य गराइन्छ । प्राय: श्वेतभैरव नाच दसै पछिसाईत हेरी नचाइन्छ ।
















लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया