बिहीबार, वैशाख २४, २०८३

मतदानमा सहभागी हुन पाउने उमेरबारे स्पष्ट

मेरोन्यूज २०७९ साउन २९ गते २०:४४

काठमाडौँ । निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुँदै छ ।

Advertisement
NiccNicc

आयोगको यही साउन २२ गतेको निर्णयबाट मतदाताले मतदानका लागि १८ वर्ष उमेर पुग्ने दिन (कट अफ डेट) निर्धारण भएको हो । यही साउन १९ गते आयोगको परामर्शमा नेपाल सरकारबाट निर्वाचन घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता खुल्ला गरिएको थियो ।

नामावलीमा दर्ता भएका व्यक्तिमध्ये मिति २०७९ मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रतिक्रिया