सडक दुर्घटनामा इण्डोनेसियामा पाँच जनाको मृत्यु, चार घाइते
मेरोन्यूज
२०७९ साउन २९ गते २१:५९
काठमाडौँ । पश्चिमी जाभाको सुकाबुमी रिजेन्सीबाट आइतबार सियानजुर जाने क्रममा गहुँ बोकेको ट्रकको ब्रेक फेल हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
उक्त ट्रकले पहिले सडक छेउमा पार्क गरिएका दुई वटा कारलाई र त्यसपछि विपरीत दिशाबाट आएका अन्य तीनवटा मोटरसाइकल र केही पैदल यात्रुलाई समेत ठक्कर दिँदै घरको बारमा ठोक्किएर पल्टिँदा उक्त दुर्घटना भएको सियानजुरका प्रहरी प्रमुख डोनी हर्मावानले उल्लेख गरेका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदल यात्री रहेको हर्मावानले बताएका छन् । मृतक र घाइते सबैलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । दुर्घटनाले दुवैतर्फ ट्राफिक जाम भएकाले घाइतेलाई बाहिर निकाल्न स्वास्थ्यकर्मीलाई कठिनाइ भएको थियो ।
सम्बन्धित
















मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया