राजनीतिमा लागेर उतारचढावपूर्ण जीवन विताईरहेको छु, नत्र म भावुक मान्छे हुँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले राजनीतिमा लागेकै कारण निक्कै उतारचढावपूर्ण जीवन विताईरहेको बताएका छन् । काठमाडौंको कमलादीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रचण्डले आफु भावुक मान्छे भएको स्मरण गदै राजनीतिमा लागेकै कारण मात्र जीवन उतारचढावपूर्ण भएको बताएका हुन् ।
‘राजनीतिमा लागेकै कारण मैले आफनो जीवन उतारचढावपूर्ण रुपमा विताईरहेको छु,’ प्रचण्डले भने,–‘तर म असाध्यै भावुक मान्छे हुँ । मलाई कला गीत संगीतहरुले सजिल्यै छुन्छ, प्रभावित गरिहाल्छ ।’
उनले नेपालमा अहिले नयाँ राजनीतिक वातावरण बन्दै जान थालेको पनि बताए । उनले एकचोटी आफुलाई देशको विकासमा समर्पित गर्ने गरी काम गर्ने मन रहेको र त्यसैका लागि प्रतिवद्ध भएर लागिपरेको पनि बताए ।
‘देशको विकासका लागि म आफुलाई एकचोटी समर्पित गर्न चाहान्छु । यो प्रतिवद्धता अहिले पनि म दोहोराउन चाहन्छु,’ प्रचण्डले फेरि प्रधानमन्त्री भएर देशका लागि आफुलाई समर्पित गर्ने तिर संकेत गदैं भने,–‘नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपरयो । नकी सिंगापुर, स्वीजरल्यान्ड, जापानको जस्तो । हामीले नेपालको विकासको मोडेल नेपालको जस्तै बनाउनु पर्छ ।’
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया