श्रीमानले लगाइदिएको आगोबाट पत्नीको मृत्यु, सासूको उपचार हुँदै
काठमाडौँ । एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका ९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूलाई आगो लगाएकामा पत्नीको मृत्यु भएको छ । जीउमा मट्टितेल छर्की आगो लगाएका उनीहरूमध्ये गएराति पत्नीको मृत्यु भएको हो ।
जिल्लाको रामगोपालपुर नगरपालिका ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई गत २१ गते राति सुतिरहेको अवस्थामा आगो लगाएका थिए ।
आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिठ्यु जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जीउको अधिकांश भाग जलेर घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरूको उपचार सम्भव नभएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।
प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा सम्लग्न शङ्करलाई चार दिनअघि प्रहरीले नेपाल भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया