बञ्चरेडाँडाका स्थानीयबासीले फिर्ता लिए आन्दोलन, फोहोर लैजान दिने

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा–सिसडोलका स्थानीयबासीले आन्दोलन फिर्ता लिएका छन् । आगामी भदौ १ देखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयलाई सम्झौता कार्यान्वयन गर्न निर्देशन दिँदै तीन महिनाभित्र समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने निर्णयसँगै आन्दोलन फिर्ता लिएको संघर्ष समितिले जनाएको छ ।
स्थानीयबासीले दिएको अल्टिमेटम सकिनुअघि मात्रै सरकारले प्राविधिक परामर्शदातासहितको समिति गठन गरेको जानकारी दिएपछि बञ्चरेडाँडामा फोहोर लैजान दिने निर्णय गरिएको हो ।
यतिका वर्ष फोहोरको जोखिम मोलेर बसे पनि अब तीन महिना प्राविधिक समितिलाई सल्लाह सुझाव दिई काम गर्ने समितिका एक सदस्यले बताए । तीन महिनाको अवधिमा समितिलाई सल्लाह र परामर्श दिन र उनीहरूलाई सहयोग गर्न समिति तयार भएको हो ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया