बिहीबार, वैशाख २४, २०८३

देउवाले गरे १० जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन

मेरोन्यूज २०७९ साउन ३१ गते १५:२५

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन गरेका छन् ।

Advertisement
NiccNicc

देउवाले आज मनोनयन गरेकामा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन् ।

कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया