सूर्य चिह्न लिएर चुनावमा गएँ भने हार्छु : वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित हुने भएपछि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् ।
मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका उनले जित सुनिश्चित भएपछि माओवादीतिर लागेको बताएका हुन् ।
नेता गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नका लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको दाबी गरेका हुन् । उनले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहनेसमेत बताए ।
‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो, समझदारी बन्यो, त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरू के छन्, भोलि गाह्रो पर्ने हो की, सजिलो हुन्छ कि, कसरी मिल्न सक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ, माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गए पनि म स्वतन्त्र हो, त्यसरी मैले भूमिका निर्वाह गर्छु, सदनमा,’ उनले भने ।
यस्तै, उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए, हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे । उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे ।
‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु, त्यसो भएर जित्नका लागि म यसमा आएको छु, जित्ने आधार भनेको गठबन्धन हो, हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि छ,’ उनले भने ।
निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा उनले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताए ।
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया