सोमबार, माघ ५, २०८२

केएनपी नेरोल्याक प्रस्तुत गर्दछ ‘पर्व सँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर

मेरोन्यूज २०७९ साउन ३१ गते १७:५६

काठमाडौँ । केएनपी जापान प्रा.लि. कान्साई पेन्टस् जापानको सहायक कम्पनी हुनुका साथै नेपालको अग्रणी पेन्ट ब्रान्डमध्ये एकमा पर्दछ । जसले यसपाली पनि आफ्नो ‘पर्व सँगै रङ्गमा दङ्ग’ भन्ने चाडपर्व अफर लिएर आएको छ ।

यो ग्राहक केन्द्रीत अफर विशेष गरी चाडपर्वका लागि ७५ हजारको खरिदमा मान्य छ । जुन इम्प्रेशन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिने छ ।

अर्कोतर्फ, यो चाडपर्वमा ग्राहकले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहार प्राप्त गर्न सक्ने छन् । कम्पनीले मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकाले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।

त्यसैगरी, दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने छ । अन्तिममा पाँच लाखको एक जनालाई बम्पर उपहार रहेको छ । यी दुई उपहारको विजेता लक्की ड्र मार्फत तय गरिने छ ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।

प्रतिक्रिया