युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुन्छ ? : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौँमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उनले युवालाई हतार नगर्न आग्रह गरे ।
‘हामी चलाउँछौँ देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो, एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’
उनले बुढालाई हटाएर आफै युवा प्रोफेसर बनेर नहुने बताए । उनले यसैका लागि केही मापदण्ड बनाइएको तर्क गरे । ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन, बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफै युवा प्रोफेसर बनेर हुँदैन’, उनले भने, ‘पीएचडी लिन पनि समय चाहिन्छ, हतार गरेर हुँदैन ।’
कार्यक्रममा ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उनले आग्रह गरे ।उनले राजनीतिलाई शुद्ध बनाउनु पर्ने भन्दै वर्तमान गठबन्धन सरकारको चर्को आलोचना गरे ।
यो एक वर्षको समयमा जस्तो कुशासन मुलुकमा कहिल्यै नभएको उनले आरोप लगाए । आफ्नो सरकारको पालामा जोडेको पैसा र विकासलाई अहिलेको सरकारले भजाएको आरोप पनि उनले लगाए ।
















म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया