सिट बाँडफाँट कार्यादलको बैठक आज
सिट बाँडफाँटको मोडालिटी पेस गर्नु अघि प्रचण्डसँग सिटौलाको भेट
मोडालिटी तयार गर्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कार्यादलले जिम्मेवारी दिइएको थियो

काठमाडौं । सत्ता गठबन्धन दलको कार्यदलको बैठकले आज सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्न लागेका हुन् ।
कार्यादलले यस अगाडी तीन चरणमा छलफल गरेर छलफलका आधारमा शीर्ष नेताहरुको समेत परामर्श लिएर सिट बाँडफाँटको प्रस्ताव तयार पारेर ल्याउन कार्यादल संयोजक सिटौलालाई जिम्मेवारी दिएका थिए ।
सोही जिम्मेवारीका आधारमा सिटौलाले ०७४ को चुनावमा गठबन्धनमा रहेका दलहरुले प्रत्यक्ष तर्फ जितेका सिटसंख्या नघटने गरी प्रस्ताव तयार पारेका छन् । कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो । त्यही समझदारीमा रहेर सिटौलाले गठबन्धनमा रहेका शीर्ष नेताहरुसँग पनि अलग्गै छलफल गरेका थिए ।
सिटौलाले आजको बैठकमा प्रस्ताव पेश गर्ने गरी तयारी गरेपछि उनी गठबन्धनमा रहेका कांग्रेसपछिको मुख्य घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि पुगेका थिए । सिटौलाले मंगलबार साँझ साँढे ५ देखि साँढे ७ वजेसम्म दुई घण्टा प्रचण्डसँग छलफल गरेको सिटौला निकट स्रोतले जानकारी दियो ।
गठबन्धनमा माओवादी केन्द्रले कम्तीमा ५५ सिट आफुले पाउनुपर्ने दावी गदैं आईरहेको छ । बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्टिय अभियानले पनि माओवादी केन्द्रको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी समझदारी गरेपछि गठबन्धनमा बाबुराम र वामदेवका लागि टिकट मिलाउने विाष्यमा पनि उक्त भेटवार्तामा छलफल भएको स्रोतको भनाई छ ।
बाबुराम यस अगाडी गठबन्धनमै रहेको र उपेन्द्र यादवसँग पार्टी अलग भएपछि मात्र गठबन्धनभित्र छुटेकोले बाबुरामको सवालमा माओवादीको चुनाव चिन्ह्र लिएपनि सवै दलहरुको साझा भागवन्डाका आधारमा उनको लागि सिट बाँडफाँटमा मिलाउनु पर्ने तर्क माओवादीको छ । वामदेवका हकमा पनि सकेसम्म गठबन्धनमा ल्याउनु पर्नेमा माओवादी छ ।
तर जे भएपनि अव उनीहरुको सिट बाँडफाँटमा पनि केन्द्रीत रहेर सिटौला प्रचण्ड कुराकानी भएको बताइएको छ । प्रचण्डसँगको भेटपछि सिटौलाले प्रधानमन्त्री शेरवहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् । उनले मोटामोटी प्रस्ताव तयार पारिसकेको र एकचरण गठबन्धनका कार्यदलमा रहेका नेताहरुसँग अनौपचारिक छलफल गरेर आज दिउँसो बसेको कार्यादलको वैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् ।
जनमोर्चाका तर्फबाट कार्यदलका रहेका सदस्य हिमलाल पुरीले आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनु भएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले मोडालिटी पेश गर्ने र त्यसैमा छलफल हुने बताए ।
गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट स्थायी समिति सदस्यद्दय वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
















खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया