‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ को सेवा शुभारम्भ हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ निर्माण भएको छ । क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो । उक्त सेन्टरको चाँडै शुभारम्भ गरिने जनाइएको छ ।
नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसीयू, ३० शय्याको एचडीयू, १५ शय्याको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिए ।
यसबाहेक उक्त सेन्टरमा तीन रेडियोथेरापी बङ्कर, एम्बुलेटरी बेड, बोनम्यारो ट्रान्सप्लान्ट सेन्टरलगायत रहनेछ । अहिले उक्त भवनमा कोरोनाका बिरामी राखेर उपचार गरिँदै आएको कार्यकारी निर्देशक डा काफ्लेले बताए । ‘अण्डरग्राउण्ड’सहित आठतले उक्त भवनमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
विसं २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा तीन सय शय्यामार्फत सेवा प्रदान गरिएको थियो । हाल उक्त सेवालाई विस्तार गरी एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजार हाराहारीमा बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालले ३६ विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको कार्यकारी निर्देशक प्रा डा काफ्लेले बताए ।
सो अस्पतालले गत आर्थिक वर्षमा चार लाख ५० हजार बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको थियो भने एक हजार सात सय कडा खालको रोगको समेत उपचार गरेको थियो । कडा खालको रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रहेका छन् ।
माओवादी जनयुद्धकालमा तत्कालिन राज्यपक्षबाट मारिएका माओवादीका उपल्लोस्तरका नेता सुरेश वाग्लेको नाममा सरकारले यो अस्पताल निर्माण गरेको हो ।
















भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया