बिहीबार, वैशाख २४, २०८३

विश्वप्रकाश भन्छन् – झापामै उम्मेदवार बन्नेछु, प्रेम उता घरजम यता कुरै हुन्न !

मेरोन्यूज २०७९ भदौ १ गते ११:१०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन्। झापामा गठबन्धन दलका अर्का उम्मेदवारलाई टिकट छोडेर उनी काठमाडौं ५ बाट चुनाव लड्ने चर्चा चलिरहेका बेला महामन्त्री शर्मालेभ ने झापाबाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।

Advertisement
NiccNicc

बुधबार बिहान ट्विट गर्दै शर्माले काठमाडौं(५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट आगामी संसदीय चुनाव लड्ने बताएका हुन्।

शर्माले लेखेका छन् फेरि प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो१ काठमाडौ(५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न१

शर्मा २०७४ मा झापा क्षेत्र नम्बर(१ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए। कार्कीको पार्टी माओवादी केन्द्र अहिले सत्ता गठबन्धन दलमा सहभागी छ । गठबन्धभन दलले सिट बााडफाँट गर्दा ०७४ को चुनाव जितेकालाई आधार बनाएर सिट बाँडफााट गर्ने चर्चा चलेपछि शर्मा काठमाडौं ५ बाट चुनाव लड्ने तयारीमा रहेको चर्चा चलेको थियो ।

प्रतिक्रिया