नागरिकता विधेयक टाउको गनेर टुंगो लगाउने विषय होइन : ज्ञवाली

काठमाडौँ । एमाले सांसद प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्नका लागि संसद्मा फिर्ता गरेर सर्वस्वीकार्य बनाउने अवसर दिएको बताएका छन् । राष्ट्रपतिले दिएको त्यो अवसरलाई सदुपयोग गर्नुपर्ने र सांसदहरूको टाउको गणना गरेर टुंगो लगाउन नहुने ज्ञवालीको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा पठाएको सन्देश र नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीबार सांसद ज्ञवालीले उक्त कुरा बताएका हुन् ।
‘राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाइयोस् भनेर अवसर दिनुभएको हो,’ उनले भने, ‘यो टाउको गणनाबाट टुंग्याउने विषय होइन । समाज विभाजित भयो भने दुष्परिणाम पछिसम्म रहने छ ।’
नागरिकता विधेयक मधेसी समुदायसँग मात्रै जोडिएको विषय नभएको बताउँदै ज्ञवालीले भने, ‘यो दस्तावेज सिंगो राष्ट्रलाई प्रतिनिधित्व गर्ने, सबै भेग, सबै समुदाय र सबै जनताको समस्यासँग जोडिएको प्रश्न हो । यो राष्ट्रिय एकता हासिल गर्ने दस्तावेज पनि हो । यो केवल मधेसको या कुनै समुदाय विशेषको विषय होइन । तथ्यहरूले पनि त्यै बताउँछन् ।’
निश्चित समुदायसँग जोडेर नागरिकता विधेयकलाई राजनीतिकरण गरिएको ज्ञवालीको भनाइ थियो । उनले भने, ‘यसलाई समुदायको विषय बनाएर राजनीतिकरण गर्ने, कुनै दल त्यो समुदायको हिमायती र कुनै दल समुदायविरोधी बनाउने कुरा गर्न भएन । जनमत विभाजित किमार्थ गरिनु हुँदैन ।’
नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष तयार रहेको ज्ञवालीको भनाइ थियो । तर सत्तापक्षले जबर्जस्ती गर्न नहुने उनले बताए । ‘नागरिकता विधेयक छिटो टुंग्याउन प्रतिपक्ष रचनात्मक ढंगले सहयोग गर्न तयार छ । तर यसलाई जबर्जस्ती, टाउकाको गिन्तीको आधारमा गर्नुभयो भने यसका दुष्परिणाम राम्रो हुँदैनन्, उनले भने ।
नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिकहाँ फिर्ता पठाउने सत्ता गठबन्धनको निर्णयले संसदीय व्यवस्थाको खिल्ली उडाएको ज्ञवालीको भनाइ थियो ।
















उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया