स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

काठमाडौं । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो।
स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम देखिएको छ । यस वर्ष ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्।
सन् २०१७ मा १.३ प्रतिशत पुगेको थियो। तर त्यस यता सन् १०९९ मा ०.१ प्रतिशत जन्मदर रहेको स्विडेनमा त्यसपछि क्रमशः बढेर त्यसपछि लगातार जन्मदर घटेको स्विडेनमा सन् २०२१ मा ०.६ प्रतिशतमा झरेको थियो।
जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका छन् । प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ ।
गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको कुल जनसङ्ख्या १ करोड ४ लाख ८७ हजार ८ सय ५९ रहेको छ। बिबिसी
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया