स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

काठमाडौं । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो।
स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम देखिएको छ । यस वर्ष ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्।
सन् २०१७ मा १.३ प्रतिशत पुगेको थियो। तर त्यस यता सन् १०९९ मा ०.१ प्रतिशत जन्मदर रहेको स्विडेनमा त्यसपछि क्रमशः बढेर त्यसपछि लगातार जन्मदर घटेको स्विडेनमा सन् २०२१ मा ०.६ प्रतिशतमा झरेको थियो।
जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका छन् । प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ ।
गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको कुल जनसङ्ख्या १ करोड ४ लाख ८७ हजार ८ सय ५९ रहेको छ। बिबिसी














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया