बुधबार, फागुन ६, २०८२

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

मेरोन्यूज २०७९ भदौ ५ गते १९:०१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुवै विधेयक प्रमाणीकरण गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति कार्यालयका अनुसार उनले नेपालको संविधानबमोजिम नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रतिक्रिया