स्टार फुटबलर जिल स्कटको संन्यास
मेरोन्यूज
२०७९ भदौ ८ गते ८:३८

काठमाडौं । इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन् । इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन् । इङ्ल्यान्डले युरो २०२० जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन् ।
३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन् ।
‘आज म फुटबललाई अलविदा भन्दैछु । तर, म यसलाई उत्सवको रुपमा मनाउने छु । अनुहारमा उदास छैन,’ उनले भनिन् । उनले इङ्ल्यान्डबाट सन् २००७ मा डेब्यु गरेकी थिइन् । स्कटले राष्ट्रिय टिमबाट एक सय पाँच खेल खेल्दा २१ गोल गरेकी छिन् ।
सम्बन्धित
















पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया