यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई

काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् ।
मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृतिको प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि गुठीले २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया