बिहीबार, फागुन ७, २०८२

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

मेरोन्यूज २०७९ भदौ १३ गते २०:५३

काठमाडौँ । एनएमबि बैंक, दिगो र मूल्य मान्यतामा आधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई)बाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । बैंक बीआईआई बाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने छ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नवीकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने छ ।

बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल के.सी.ले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजना लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडी पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया