निर्वाचनमा शिक्षकलाई कडाइ, कुनै दलसँग सम्बन्धित गतिविधि गर्न नपाउने
मेरोन्यूज
२०७९ भदौ १३ गते २१:५६

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा शिक्षकहरूका लागि समेत आचार संहिता जारी गरेको छ । आयोगले शिक्षकहरूले चुनाव प्रचार प्रसार गर्न नपाउने भएका छन् ।
आयोगले शिक्षकहरूले कुनै राजनीतिक दलको पक्षमा वा विपक्षमा चुनावसम्बन्धी गतिविधि गर्न नहुने जनाएको हो । यसैगरी, निर्वाचन लक्षित गरी आफ्नो सवारी साधान वा निजी सम्पत्तिसमेत प्रयोग गर्न नदिन आग्रह गरेको छ ।
विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नु पर्ने आचरणमा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारको
पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने ।’
यस्तै, वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका विषयबाहेक अन्य कार्यक्रममा समेत शिक्षकहरू जान नपाउने जनाएको छ ।
सम्बन्धित















वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया