बलिउड अभिनेता रणवीरले दिए मुम्बई पुलिसलाई साढे दुई घण्टा बयान

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् ।
यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए । हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ ।
न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन् । रणवीर सोमबार बिहान ७ बजे त्यहाँ पुगेका थिए । जहाँ अनुसन्धान अधिकारीहरुले उनको बयान लिएका थिए । उनी साढे ९ बजे प्रहरी चौकीबाट निस्किएका थिए । अधिकारीहरुले आवश्यक परेमा रणवीरलाई बोलाइने जनाएका छन् ।
रणवीरको न्यूड फोटोसुटका मामलामा एक एनजीओले गत महिना चेम्बर पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो ।
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया