बुहारीको कुटाइबाट ससुराको मृत्यु
मेरोन्यूज
२०७९ भदौ १४ गते १८:५३
सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका १ मा बुहारीको कुटाइबाट ससुराको मृत्यु भएको छ । पारिवारिक विवाद हुँदा बुहारीले ससुरामाथि कुटपिट गरेकी थिइन् ।
कुटपिटबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका १ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।
बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।
प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया