रुपन्देहीमा बेदुरामदेखि विजयसम्म, प्रदेशसभामा ३९ जनाको नाम सिफारिस
मेरोन्यूज
२०७९ भदौ १४ गते २०:०१

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर १ बाट महासचिव बेदुराम भूसाल, उपमहासचिव डा. विजय पौडेल र उमापति पाण्डे सिफारिस भएका छन् ।
यस्तै, क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय सदस्य राजु गुरुङको मात्रै सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ बाट उमादेवी काफ्ले, कमल भण्डारी, अविराम बिक र इन्द्रजित यादवलाई सिफारिस भएका छन् । क्षेत्र नम्बर ४ बाट श्रीराम यादवको सिफारिस हुँदा क्षेत्र नम्बर ५ बाट कुलेन्द्र पुनलाई सिफारिस भएका छन् ।
नेकपा एसले रुपन्देहीका १० वटा प्रदेशसभा निर्वाचनका लागि भने ३९ जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय सर्कुलरअनुसार नामहरू सिफारिस भए पनि गठबन्धनमा सिट बाँडफाँटपछि मात्रै आधिकारिक उम्मेदवार चयन हुने नेकपा एसले जनाएको छ ।
सम्बन्धित
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया