सप्तरीमा तस्कर समूहको आक्रमणबाट तीन प्रहरी घाइते, घट्नालाई ‘चोख्याउने’ प्रयास !

काठमाडौं । केही दिन अघि सप्तरीको बेल्ही नाकाबाट भित्रिएको तस्करीको सामान बरामद गर्न गएको प्रहरी टोलिमाथी आक्रमण गर्दा ३ जना प्रहरी घाइते भएपनि त्यसलाई गुपचुप राखिएको छ । सशस्त्र प्रहरी बलका कर्मचारीहरु कम संख्यामा रहेको र तस्कर समूह धेरै संख्यामा रहेका कारण प्रहरीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा पनि डिउटीमा खटिएका तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।
बेल्ही नाकामा भएको बिओपीसँग मिलेर सशस्त्र प्रहरीका सप्तरीका एसपी रमेश कुमार थापाले डिउटीमा कम जनशक्ति परिचालन गर्दा तस्कर समूहको आक्रमणमा प्रहरी कर्मचारीहरु परेका हुन् । एसपी थापाले अहिले उनीहरुलाई उपचार गर्नुको साटो घट्ना गुपचुप राख्ने प्रयास गरिरहेका छन् ।
‘एसपीले विओपीमा रहेका जनशक्तिलाई आउट छाड्न निर्दैशन दिएका छन् त्यही भएर विओपीले पनि कम जनशक्ति परिचालन गर्ने गरेको छ, जिल्लाभरि नै सशस्त्र प्रहरीका अधिकारीहरु आउट गएका छन्’, स्रोतले भन्यो ।
सप्तरी मात्र होइन अहिले धनुषाका एसपी प्रकाश कुमार सुवेदी, महोत्तरीका एसपी दिपेन्द्र गिरि , बाराका एसपी राजेन्द्र थापा तथा पर्साका एसपी तेज पोखरेलको धन्दा पनि उस्तै छ । ती जिल्लाका विभिन्न नाका बाट तस्करी मौलाएको श्रोत बताउँछ । पर्सामा केही दिन अघि भन्सार कार्यालयका कर्मचारीमाथि कुटपीट नै भएको थियो ।
प्रहरीले छाडेको सामान बरामद गर्दा भन्सारका कर्मचारीलाई प्रहरीले कुटपीट गरेका थिए । पर्साका एसपी पहिला इन्टेलीजेन्स व्यूरोमा बसेका कारण उनलाई नाकामा के हुन्छ के हुँदैन भन्ने थाहा भएकै कारण पर्साबाट सहजै सामानहरु आउने जाने भएको स्रोतको दावी छ ।
सबै भन्दा बढी महोत्तरीको सम्सीनाकाबाट तस्करी भइरहेको श्रोतको दाबी छ । इन्सपेक्टर जयराम बस्नेतले सेटिङ मिलाउने गरेको स्रोतको दावी छ । अहिले सो नाका हुँदै भारत बाट तेल , चिनी , लत्ताकपडा , हार्डवयरको सामान आदि तस्करी भइरहेको बताइन्छ ।
यता जोलजिबी बिओपी दार्चुला परेको काजलाई डवल काज गराएर कमाउ धन्दाको लागि सुबर्णपर पर्सा पुगेका इन्सपेक्टर दिपक नापित समेत कमाउ धन्दामा लागेको श्रोतको दावी छ । उनी शक्ति केन्द्रको आडले त्यहाँ गएका हुन् ।
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया