न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

काठमाडौं । न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।
बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।
अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो ।
त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन । त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।
















अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया