अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ?

काठमाडौं, १५ भदौ । सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम आयोजना हुने भएको छ । अष्ट्रेलियाकोे सिड्नीमा नेपालको राष्ट्रिय कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो ।
आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल हुने आयोजकको दावी छ ।
सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वार्षिकोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रवार बेलुका ६ बजेबाट शुरु हुने जनाइएको छ ।
झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी÷डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।
ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।
१० वर्षको वार्षिक अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका योङ्ग गायक तथा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्यापर योद्धा र लोकप्रिय ब्राण्ड एलबाट्रसको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
ड्रिम फेष्टलाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नी मै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ भने कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।















मन्त्रिपरिषद् बैठक जारी
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया