अष्ट्रेलियामा ‘ड्रिम फेष्ट’ आयोजना हुँदै, को–को कलाकार जम्मा हुँदैछन् ?

काठमाडौं, १५ भदौ । सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम आयोजना हुने भएको छ । अष्ट्रेलियाकोे सिड्नीमा नेपालको राष्ट्रिय कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो ।
आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल हुने आयोजकको दावी छ ।
सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वार्षिकोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रवार बेलुका ६ बजेबाट शुरु हुने जनाइएको छ ।
झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी÷डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।
ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।
१० वर्षको वार्षिक अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका योङ्ग गायक तथा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्यापर योद्धा र लोकप्रिय ब्राण्ड एलबाट्रसको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
ड्रिम फेष्टलाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नी मै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ भने कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया