लमजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

लमजुङ । लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने बर्ष २७ का यमबहादुर राना मगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएकाे छ ।
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया