गोर्बाचोभको अन्त्येष्टिमा रुसका लागि अमेरिकी राजदूत सहभागी हुने
मेरोन्यूज
२०७९ भदौ १८ गते ८:४६

किभ । रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन् । शनिबार मस्कोमा हुने अन्तेष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदन व्यक्त गरेका छन् । स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन् ।
सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्यष्टिनमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया