एमाले निकट प्राध्यापकहरू भन्छन्- शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए

महोत्तरी। नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आराेप लगाएका छन् ।संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका हुन् ।
हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा सग्लन व्यक्तिको गुण दोषको आधारमा नभइ राजनैतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ ।
विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सता वटा आङ्गिक क्याम्पस, समबन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।
प्राध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् ।
उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदै गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनकाे आयाेजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेकाे हाे ।
मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नाै वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र सिरहामा १३ वटा क्याम्पस छन् ।
















गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया