मंगलबार, चैत २४, २०८२

डेंगी संक्रमित सबैभन्दा बढी काठमाडौं उपत्यकामा

डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो

मेरोन्यूज २०७९ भदौ १९ गते १२:२६

काठमाडौं । नेपालमा पछिल्लो ९ महिनामा मात्र डेंगी संक्रमितको संख्या चार हजार १०४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०२२ को सेप्टेम्बर २ सम्म देशभर डेंगी संक्रमितको संख्या चार हजार १०४ पुगेको हुन् । सबैभन्दा जुनदेखि अगष्टसम्म तीन हजार ९९३ जनामा डेंगी पुष्टी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हालसम्म ६८ जिल्लाहरुमा एक वा एकभन्दा बढी डेंगीका बिरामी भेटिएका छन् । जसमा सबैभन्दा बढी ललितपुर डेंगीबाट प्रभावित बनेको छ । ललितपुरमा मात्र एक हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । डेंगी बढी संक्रमित देखिनेमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित धादिङ, रुपन्देही, तेह्रथुम, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् ।

महाशाखाका गतवर्षको तथ्याकं हेर्दा यो वर्ष पनि डेंगी असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ । सन् २०१९ पछि यो वर्ष डेंगी फेरि प्रकोपकै रुपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । यसअघि, सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगी पुष्टि भएको थिया । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।

के हो डेंगी, कसरी बच्ने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार एडिस एजिप्टाई’ नामक लामखुट्टेले मानिसलाई टोकेमा डेंगी संक्रमण हुन्छ। यो लामखुट्टे मनसुन सकिने समयतिर बढी सक्रिय हुन्छ। विशेष गरी पानी अडिने टायर, प्लास्टिकका बोतल, कुलरजस्ता स्थानमा यो लामखुट्टे बस्छ। लामखुट्टेले टोकेपछि रगतको माध्यमबाट शरीरभरि संक्रमण फैलिन्छ। यो संक्रमण फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ।

पुनले भने ‘डेंगी संक्रमित लामखुट्टेले टोकेमा संक्रमण हुन्छ। यो लामखुट्टेले टोकेको ३ देखि ८ दिनभित्र संक्रमण शरीरमा फैलिन्छ। कतिपयलाई सामान्य उपचारपछि निको हुन्छ। कतिपयमा आन्तरिक रक्तश्राव भई बान्ता हुने, मुखबाट रगत निस्कने, कडा ज्वरो आउने, शरीर दुख्नेजस्ता समस्या देखिन्छन्।’ डेंगीविरुद्ध कुनै खोप र औषधि नबनेकाले लक्षण अनुसारको उपचार गरिन्छ। घर, स्कुल, कार्यालय,लगायत सार्वजनिकस्थलमा सफाइ अभियान चलाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया