लमजुङमा १६ हजार बालबालिकाले कोरोनाविरुद्धको खोप लगाए

लमजुङ । लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको थियो ।
अभियानअन्तर्गत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालवालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका कोभिड खोप सम्पर्क व्यक्ति यम बरालले बताए ।
खोप अभियानन्तर्गत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखि खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्य कार्यालयले अभियानमा पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालवालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत जिल्लाको चार स्थानीय तहमा १२ देखि १७ वर्षसम्मका बालवालिकालाई बुस्टर डोज लगाउन सुरु भएको छ । खोपको उपलब्धताअनुसार बेंसीशहर, सुन्दरबजार दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका बालबालिकालाई बुस्टर मात्रा लगाइएको छ ।
यसअघि कोभिड १९ विरुद्ध मोडेर्ना खोपको पहिलो र दोस्रो मात्रा खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई फाइजर खोप बुस्टर मात्र लगाइएको हो । बुस्टर मात्रा लगाउने अभियान आगागि २१ भदौसम्म सञ्चालन हुनेछ । पहिलो दिन चारवटै स्थानीय तहका विद्यालय विद्यालयमा बालवालिकालाई बुस्टर मात्रा लगाइएको छ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिला पुगेका बालबालिकालाई मात्र बुस्टर मात्रा खोप दिइने भएकाले खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएको जान बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।
यस्तै यसअघि मोडेर्ना खोप लगाउन विविध कारणले खोपको पहिलो तथा दोस्रो मात्रा लिन छुट भएका बालवालिकालाई पनि खोप लगाइने भएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया