लाइन बस्नु भनेपछि ‘सुरक्षा गार्ड’लाई पर्यटन मन्त्रीले थुनाए, गृहमन्त्रीले छुटाए

काठमाडौँ । एक जना समान्य गार्ड काम गर्ने व्यक्तिलाई पर्यटन मन्त्रीले थुनाएसँगै गृहमन्त्रीको निर्देशनमा थुनामुक्त भएका छन् ।
पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफूलाई लाइनमा बस्न भनेर अपमान गरेको भन्दै प्रहरी हिरासतमा पुर्याएका व्यक्तिलाई गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा थुनामुक्त भएका हुन् ।
सोमबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षागार्ड काम गर्दै आएका शेरजंग गुरुङ साधारण तारेखमा छाड्न आदेश दिएको हो । लगत्तै उनलाई थुनामुक्त गरिएको छ ।
गृहमन्त्री खाँणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयसमेत विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीको बचाउ गरेको थियो ।
सुरक्षागार्डले कर्तव्य पालना गराउँदा थुनाएको भन्दै चौतर्फी आलोचना भएपछि उनी थुनामुक्त भएका हुन् ।
शुक्रबार पर्यटन मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीलाई लिएर क्यानडामा हुने आईकाओको कार्यक्रममा सहभागी हुन बायोमेट्रिक दिन पुगेका थिए ।
सोही क्रममा ‘गरुड सेक्यूरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा आउन भनेका थिए ।
गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो । हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेका थिए ।
यस विषयमा छानबिन गर्न प्रहरीले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ ।

















बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ
Prohibitory order continues in Gaur
HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया