बुधबार, चैत २५, २०८२

सेञ्चुरी मिस टिन नेपाल उपाधिका लागि २० किशोरी भिड्दै

मेरोन्यूज २०७९ भदौ २० गते २०:१७

काठमाडौँ । सेञ्चुरी मिस टिन नेपालको १८ औँ संस्करणको ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ । काठमाडौँ जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धीबीच उपाधि भिडन्त हुने छ ।

Advertisement
nepal life insurencenepal life insurence

आयोजक काठमाडौँ जेसीजका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरुको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्तिविकास तथा महिला सशक्तिकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनुवारले सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगिता मात्रै नभएर महिला सशिक्तकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए ।

प्रतियोगिताको अडिसन राउण्डमा सहभागी ५० जनामध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन् । प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्ने छिन् । उनले प्रतियोगिताका सहभागीहरुलाई राम्री बन्न र बोल्नमात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रुपमा सहभागीहरुको क्षमता विकास गराइने बताइन् ।

प्रतियोगीको ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेहरुमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका छन् ।

प्रतियोगितामा सेञ्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्डहरु राखिएका छन् । १६ देखि १९ वर्षसम्म किशोरी प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ । आयोजकका अनुसार मिस टिन २०२२ को भोटिङ पाटर्नरमा खल्ती, डिजिटल पाटर्नरमा केटिएम रुस, फुड पाटर्नरमा द बर्गर हाउस, फेसन पाटर्नरमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, यचु बुटिक र नीर्तिज डिजाइन रहेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्ने लगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया