आइतबार, फागुन १०, २०८२

संसदको कार्यकाल तोक्ने संशोधित प्रस्ताव फिर्ता लिन सरकार सहमत

मेरोन्यूज २०७९ भदौ २१ गते १६:१०

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नु पर्ने सांसदहरूको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा दुवै सदनको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो ।

सत्ता गठबन्धनको दल कांग्रेसका सांसदले प्रस्तावित विधेयकमा संशोधन हालेर प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालसम्बन्धी प्रस्तावित व्यवस्थालाई हटाउनु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

सोही विषय समेटिएको विधेयकका दुई वटा दफा (१३ र १४) हटाउने प्रस्तावलाई सरकारले स्वीकार गरेको हो ।

प्रतिक्रिया