नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

बाँके । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।
हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए । समितिले प्रयाप्त सिचाइँ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोशेबालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाँउपालिकाले आफ्नो क्षेत्रलाई यस अघि सुख्खा क्षेत्र घोषणा गरेको थियो । गाउँपालिकाको बैठकले पर्याप्त सिंचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुख्खा क्षेत्र घोषणा गरेको जनाएको थियो ।

















दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सर्वोच्चको आदेशविरुद्ध ट्रम्प :विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया