आइतबार, फागुन १०, २०८२

सन्दीप लामिछानेविरुद्ध उजुरी दिने नुवाकोटकी किशोरी कक्षा १२ मा अध्ययनरत थिइन्

पिडितको बयान : राती ११ बजेर ५५ मिनेटको समयमा एक होटलमा बलात्कार गरे

दया दुदराज २०७९ भदौ २२ गते ९:२०

काठमाडौं । नेपाली क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध १७ वर्षीय नाबालिगले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा जाहेरी दिएकी छिन् । नुवाकोटकी एक किशोरीले मंगलबार प्रहरी वृत गौशलामा लामिछानेविरुद्ध जाहेरी दिएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

जाहेरीमा ती किशोरीले भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितले ०७९ भदौ ५ गते राती जबर्जस्ती करणी गरेको अरोप उल्लेख पीडितले जाहेरी दिएकी हुन् ।

प्रहरीले थाल्यो अनुसन्धान
बलात्कारको अभियोग लागेका लामिछाने विरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

कक्षा १२ मा अध्ययनरत ति किशोरीको स्वास्थ्य परिक्षण गरेर अनुसन्धानको थालनी गरेको प्रहरीले जनाएको छ । एकद्धार संकट ब्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जानकारी दिएको छ ।

लामिछाने अहिले देशमा छैनन् । उनी गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन् । केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया