चलचित्र ‘हिजो आजका कुरा´को ट्रेलर सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका छन् । पन्त फिल्म प्रोडक्सनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ । रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेको हो ।
कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताए । उनले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गरे । त्यस्तै अभिनेत्री ऋचा शर्माले आफ्ना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको बताए । उनले नेपाली सिनेमा चल्नको लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने बताए ।
झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो । चलचित्रको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ ।








वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया