विद्यार्थी सुरक्षा लक्षित चेकिङ
३७ जना बिद्यार्थी ट्राफिक प्रहरीको कारवाहीमा
ट्राफिक नियम उल्लङघन गर्ने ४ हजार ११ जना चालक कारवाहीमा

काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ३७ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरि ३७ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।
साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार २ सय २ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।
साथै, पानी बोक्ने सवारी साधन र एम्बुलेन्स लक्षित चेकजाँचको क्रममा आज मापसे गरी पानीको गाडी चलाउने १ जना र अन्य १ जना गरी २ जना चालक कारवाहीमा परेका छन् । सोही चेकिङ्गकै क्रममा अवस्था ठिक नभएका २२ वटा पानीको गाडीको चालक र अन्य १०० जना गरी १ सय २४ जना चालकलाई कारवाही गरीएको छ ।
२४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालक कारवाहीमा
साथै गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालकलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जसमा फुटपाथमा पार्किङ गर्ने ३ सय ३५ जना , अनावश्यक हर्नको प्रयोग गर्ने २ सय १६ जना , जथाभावि यात्रु चढाउने तथा ओराल्ने १ सय ८५ जना , मदिरा पिएर सवारी साधन चलाउने १ सय ३८ जना,लेन नियम उल्लङघन गर्ने १ सय ३१ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लङघन गर्ने ३ हजार ६ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

















11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सर्वोच्चको आदेशविरुद्ध ट्रम्प :विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया