लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा हरिजङ तामाङ नियुक्त
मेरोन्यूज
२०७९ भदौ २३ गते ८:१२

लमजुङ / लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता हरिजङ तामाङ नियुक्त भएका छन् । त्यस्तै सदस्यमा मोहन थापा र वसन्त बहादुर थापा नियुक्त भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले बेसीशहरमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।
लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय गरेर मानव विकास सामुदायिक सेवा केन्द्र (एचडीसी)लाई पत्राचार गरिसकेको छ ।
सोही निर्णय अनुसार निकट भविष्यमै सरकारले अस्पताल सञ्चालन गर्ने भएको छ । निर्णयपछि गण्डकी प्रदेश सरकारले अस्पताललाई डाइलासिस मेसिन समेत उपलब्ध गरिसकेको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया