आइतबार, फागुन १०, २०८२

पोखरामा पनि चल्यो महानगरको डोजर, आर्ट ग्यालरी र पुस्तकालय भत्काइँदैं

मेरोन्यूज २०७९ भदौ २३ गते ९:०८

कास्की । काठमाडौं महानगरपालिकाले अवैध संरचनामाथी धावा बोलिरहेका बेला पोखरा महानगरपालिकाले पनि महानगरका जीर्ण संरचनामा डोजर चलाएको छ । पोहरा महानगरपालिकाले बिहिबार बिहानै महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा डोजर चलाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

ती संरचना जीर्ण भएकोले डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।

पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले त्यहाँ डोजर चलाएको हो । यो ग्यालरी २०५६ सालमा स्थापना भएको थियो । यस अगाडीको महानगरपालिकाका मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय महानगरपालिकाले गरेको भएपनि भत्काएको थिएन । तर अहिलेका मेयर धनराज आचार्य बिहिबार बिहान डोजर सहित उक्त संरचना भत्काउन पुगेका हुन् ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको थियो । सटर बिचौलियाको हातमा पर्दा महानगरले त्यहाँबाट करोडौं राजस्व उठाउन बाँकी नै छ ।

प्रतिक्रिया