आइतबार, फागुन १०, २०८२

माओवादी तेह्रथुमले गर्‍यो उम्मेदवार सिफारिस, पोलिट्ब्युरो सदस्य चापागाईं सर्वसम्मत

मेरोन्यूज २०७९ भदौ २३ गते ९:१८

वसन्तपुर । नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
माओवादी केन्द्रको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो । तेह्रथुममा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधिसभामा जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बु सिफारिस भएका छन् । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ होमकुमारी लिम्बु खापुङ र नन्दलाल दर्नालको नाम सिफारिस भएको जिल्ला संयोजक लिम्बुले जानकारी दिए ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवाल र समानुपातिकतर्फ दिलकुमारी लिम्बु, जेतेन्द्र लिम्बु कुरुम्वाङ र सूर्यबहादुर विक सिफारिस भएका छन् ।


त्यस्तै, प्रदेश (ख) को प्रत्यक्षतर्फ माओवादी पोलिट्ब्युरो सदस्य दुर्गाप्रसाद चापागाईं सर्वसम्मत सिफारिस भएका छन् । चापागाईं उपमहासचिव वर्षमान पुन अनन्तका विश्वासपात्र हुन् । यस्तै प्रदेश (ख) को समानुपातिकमा चुडामणि बराल, तेजमान कन्दङवा र टीकाराम लिम्बुको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया