आइतबार, फागुन १०, २०८२

नरैनापुरको विषयमा खेलकुदमन्त्रीले गरे उर्जा र कृषि मन्त्रीसँग छलफल

राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजान आग्रह

मेरोन्यूज २०७९ भदौ २३ गते ११:१८

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरीदिन माग गरेका थिए ।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालका लागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताएका थिए ।

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएको खेलकुदमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै खेलकुदमन्त्रीले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग पनि भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका थिए । अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया