गायक शिव परियारको आक्रोस- पेशेवर पीडित भनौंदालाई कारवाहि गर्ने कानुन छैन ?

काठमाडौं । चर्चित गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यायवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियाले सो कुरा बताएका हुन् ।
‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यस्थित गरी कारवाहि गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ रु यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार,संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा उनले व्यक्त गरेका छन् ।
‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस । तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।
उनी यत्तिमै रोकिएका छैनन् । उनले थप लेखेका छन्, तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउँन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।’
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया