आइतबार, फागुन १०, २०८२

दसैंमा सार्वजनिक सवारीलाई रुट पर्मिट नचाहिने

मेरोन्यूज २०७९ भदौ २३ गते १५:१९

काठमाडौँ । नेपाली हिन्दुहरूको महान पर्वहरू नजिकिएसँगै सार्वजनिक सवारी साधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ । दसैँमा यात्रुको चाप हुने स्थानमा सवारी साधनको व्यवस्थापन सहज गराउन यातायात व्यवस्था विभागमा बसेको बैठकले रुट पर्मिट हटाउने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । दसैँको घटस्थापना दिनदेखि पूर्णिमाका दिनसम्म सार्वजनिक सवारी साधनलाई देशभर सञ्चालन गर्न रुट पर्मिट आवश्यक नपर्ने भएको हो ।

कोभिड १९ को जोखिम यथावत भएका कारण दसैंका यात्रुलाई यातायात व्यवसायीले मास्कको सुविधा दिनु पर्ने छ ।

प्रतिक्रिया